काठमाडौं, २२ भदौ । सुन तस्करी प्रकरणमा गृहमन्त्री जनार्दन शर्मा र आईजीपी प्रकाश अर्यालले रहस्यमय रुपमा मौनता देखाएका छन् । दुई साताको बीचमा छुट्टा–छुट्टै स्थानबाट अपराध महाशाखाले ८८ केजी र केन्द्रीय अनुन्धान व्यूरो (सीआईवी)ले १५ केजी सुन बरामद गरेका छन् । प्रहरीले यसलाई ठूलो सफलताको संज्ञा दिएपनि गृहमन्त्री र आईजीपी भने मौन छन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ । सानातिना काममा चर्चाका लागि फेसबुक मार्फत पोष्ट गरिहाल्ने गृहमन्त्री शर्माले केही सुन तस्करहरुलाई जोगाएको आशंका गरिएको छ । किनकी यो सुन तस्करी प्रकरण उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महराको नेटवर्कसम्म जोडिएको छ । यस अघि केन्द्रीय अनुन्धान व्यूरो (सीआईवी)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वरामद गरेको ३३ किलो सुन प्रकरणमा पनि महराको नाम मिडियामा छाएको थियो । सिआईवीले भदौ १४ गते सुनसहित पक्राउ गरेका पेम्बा दोर्जे शेर्पा माओवादी निकट मानिन्छन् । शेर्पाको सुन तस्करीमा बादशाह मानिने नारायण पौडेल र राजकुमार पौडेलकोको समूहसँग कनेक्सन रहेको छ । सिआईवीले बरामद गरेको १५ किलो सुनका असली...
Comments
Post a Comment