Popular posts from this blog
मध्यरातमा चिनले दियो नेपाललाइ खुसिको खबर …मित्र होस त येस्तो पो
काठमाडौँ। चीनले ह्लासा–काठमाडौँ र काठमाडौँ-लुम्बिनी रेलमार्ग निर्माणका लागि विगतमा भएको समझदारीअनुसार प्रक्रिया थप अघि बढाउने भएको छ।चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री कृष्णबहादुर महरासँग आज बेइजिङमा त्यहाँका प्रधानमन्त्री ली खछ्याङसहित उच्चस्तरीय अधिकारीसँगको भेटमा चीनले उक्त प्रतिबद्धता जनाएको हो। परराष्ट्रमन्त्री महराले चीनको ‘एक क्षेत्र, एक मार्ग’को कार्यक्रमका बारेमा आफूले नेपालका सबै प्रमुख दलका नेतासँग परामर्श गरेर साझा र सकारात्मक धारणा लिएर आएको विश्वास दिलाएपछि चिनियाँ प्रधानमन्त्री खछ्याङले हवाइ र रेलमार्गको सम्पर्क सञ्जालसम्बन्धी विगतमा भएका समझदारीलाई अघि बढाइने प्रतिबद्धता व्यक्त गरेका हुन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका समयमा दुई देशबीच व्यापार र पारवहन सम्झौता भएको थियो। भेटमा प्रधानमन्त्री खछ्याङलाई उपप्रधानमन्त्री महराले चीनका राष्ट्रपति सि चीनपिङलाई नेपाल भ्रमणको निमन्त्रणापत्र दिएको उपप्रधानमन्त्रीका सञ्चार तथा जनसम्पर्क संयोजक हरि लामिछानेले बेइजिङबाट जानकारी दिए। यस्तै उपप्रधानमन्त्री महरालाई चिनियाँ प्रधानमन्त्री खछ्याङले नेपालका ...
८८ किलो सुनको मालिका माओवादीका प्रभावशाली मन्त्री ! गृहमन्त्री र आईजीपी मौन
काठमाडौं, २२ भदौ । सुन तस्करी प्रकरणमा गृहमन्त्री जनार्दन शर्मा र आईजीपी प्रकाश अर्यालले रहस्यमय रुपमा मौनता देखाएका छन् । दुई साताको बीचमा छुट्टा–छुट्टै स्थानबाट अपराध महाशाखाले ८८ केजी र केन्द्रीय अनुन्धान व्यूरो (सीआईवी)ले १५ केजी सुन बरामद गरेका छन् । प्रहरीले यसलाई ठूलो सफलताको संज्ञा दिएपनि गृहमन्त्री र आईजीपी भने मौन छन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ । सानातिना काममा चर्चाका लागि फेसबुक मार्फत पोष्ट गरिहाल्ने गृहमन्त्री शर्माले केही सुन तस्करहरुलाई जोगाएको आशंका गरिएको छ । किनकी यो सुन तस्करी प्रकरण उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महराको नेटवर्कसम्म जोडिएको छ । यस अघि केन्द्रीय अनुन्धान व्यूरो (सीआईवी)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वरामद गरेको ३३ किलो सुन प्रकरणमा पनि महराको नाम मिडियामा छाएको थियो । सिआईवीले भदौ १४ गते सुनसहित पक्राउ गरेका पेम्बा दोर्जे शेर्पा माओवादी निकट मानिन्छन् । शेर्पाको सुन तस्करीमा बादशाह मानिने नारायण पौडेल र राजकुमार पौडेलकोको समूहसँग कनेक्सन रहेको छ । सिआईवीले बरामद गरेको १५ किलो सुनका असली...
Comments
Post a Comment