पाँच वर्षकी बालिका जसले विश्वकै आँखा खोलिदिइन्
भदौ २२ – यमनको अस्पतालको एउटा कोठामा पाँच वर्षकी बालिका बुथैनाका सुभेच्छुक गीत गाइरहेका छन्, गितार बजाइरहेका छन् । उनी मुस्कुराउँछिन् । उनका आँखाबाट आँसु बग्न सुरु हुन्छ । उनले आफ्नो ड्रइङ पेन्सिल उठाउँछिन् र आफ्नो परिवारका सदस्यको स्केच बनाउन थाल्छिन् ।
बुथैना मुहम्मद मन्सुर अल रइमी यमनको राजधानी सानामा अगस्ट २५ मा भएको हवाई आक्रमणमा ध्वस्त भवनमा परेर बाँच्न सफल भएकी थिइन् । परिवारमा उनी मात्रै बाँच्न सफल भएकी थिइन् । आक्रमणमा बुथैनाको आमाबुवासहित सातजनाको ज्यान गएको थियो ।
बुथैना अहिले आफ्ना काका र काकीको हेरचाहमा छिन् । तर उनलाई यो थाहा छैन । उनका आफन्त र डाक्टर पनि यो कुरा उनलाई सुनाएका छैनन् । उनले आफूले आमाबुवा गुमाएको पनि थाहा पाएकी छैनन् ।
उनी नाटकीय रुपमा बाँच्न सफल भएकी थिइन् । ध्वस्त भवनको भग्नावशेषबाट उनलाई उद्धार गरिएको थियो । उनका दुबै आँखा गहिरो चोटका कारण बन्द भएका थिए ।
घटना लगत्तै, स्थानीय सञ्चार माध्यमले अस्पतालकै बेडमा उनको अन्तर्वार्ता लिन खोजेका थिए । बुथैनाले एउटा हातको सहाराले आफ्नो आँखाको परेला उघार्न खोज्दै थिइन् । उनलाई सायदै थाहा थियो होला, उनको त्यो हेराईले विश्वले यमनलाई हेर्ने दृष्टिकोण बन्छ ।
Comments
Post a Comment