घोषणा पत्र सार्वजनिक गर्दै राजपाले लगायो एमाले, माओवादीलाई यस्तो आरोप





काठमाडौं, २२ भदौ । राष्ट्रिय जनता पार्टीले स्थानीय तहको चुनावका लागि घोषणा पत्र सार्वजनिक गर्दै नेकपा एमालेलाई मधेस विरोधी पार्टीको आरोप लगाएको छ ।

बिहीबार पार्टी कार्यालय बबरमहलमा अध्यक्ष मण्डलका नेताहरुले संयुक्त रुपमा घोषणा पत्र सार्वजनिक सार्वजनिक गर्दैउ

सले एमालेलाई संघीयता र समावेशीकरणका विरोधमा रहेको ढुलमुले चरित्र बोकेको मधेसप्रति अनुदार पार्टी हो भएको संज्ञा दिएको छ । राजपाले भनेको छ,एमाले संघीयता र समावेशीकरणका विरोधमा रहेको ढुलमुले चरित्र बोकेको मधेशप्रति अनुदार पार्टी हो, यसको नेतृत्व तहको संरचना हेर्ने हो भने यहाँ मात्रै शासक वर्गहरुको वर्चस्व भेटिन्छ, जो प्रखर मधेश विरोधी पनि छन् ।’

राजपाले मुलुकमा व्याप्त भ्रष्टाचार, असुरक्षा र अराजकता मुख्यरुपमा माओवादीकै कारण भएको बताउँदै उसले अधिनायकवाद र सर्वसत्तावादमा विश्वास राख्ने हुनाले मूल चरित्र संघीयता विरोधी भएको आरोप पनि लगाएको छ । राजपाले जारी गरेको घोषणापत्रमा भनिएको छ, ‘अधिनायकवाद र सर्वसत्तावादमा विश्वास राख्ने हुनानले माओवादीको मूल चरित्र संघीयता विरोधी हो । मुलुकमा व्याप्त भ्रष्टाचार, असुरक्षा र अराजकता मुख्यरुपमा माओवादीकै कारण भएको हो ।’

Comments

Popular posts from this blog

८८ किलो सुनको मालिका माओवादीका प्रभावशाली मन्त्री ! गृहमन्त्री र आईजीपी मौन