“सर, मेरो पहिलो पटक हो, मलाई डर लाग्छ, प्लीज”......... यौन कथा



सहरको जीवन निकै फरक थियो । कति पत्रकार र फोटोग्राफर उसका वरिपरि झुम्मिन थालिसकेका थिए । मनोरञ्जन साप्ताहिकमा उसको मिडपेज ब्लोअप छापिइसकेको थियो । कामना र दैनिक पत्रिकाले पनि उसको सौन्दर्यबारे चर्चा गर्न थालिसकेका थिए । त्यो सबैको श्रेय यही डाइरेक्टरलाई जान्छ । उसले सोची, केही पाउनु छ भने केही त गुमाउनैपर्छ । (त्यसै दुवै हातमा लड्डु कहाँ हुन्छ मैयासाहेब ?) लोग्नेमान्छेसँग रात बिताउने कल्पनाले उसको मन ढक्क फुल्यो । मन भारी भयो ।

कताकता काउकुती लागेजस्तो पनि भयो । उसले मुटु दरो पारी । कुनै दिन एउटी साथीले दिएको सल्लाह सम्झी र औषधि पसलबाट निरोधक चक्की प्रोजेस्टिन किनी । ऊ डाइरेक्टरले भनेको ठाउँमा पुगी । डाइरेक्टर ऊ आउनेमा ढुक्क थियो । कपालमाथि गगल्स भिरेर उसैको बाटो हेरिरहेको थियो । उसले पुरुषलाई राम्ररी स्पर्शसमेत गरेकी थिइन । ऊ थुरथुर काम्न थाली । डाइरेक्टर अनुभवी थियो । अन्तिम अवस्थासम्म उसले आफूलाई जोगाउने प्रयास गरी । ‘मेरो पहिलो पटक हो, सर, मलाई डर लाग्छ, प्लीज †’

‘सबै केटीहरू यसै भन्छन् ।’ असह्य पीडा, भय र लाजले ऊ तीन दिनसम्म थला परी । पछि उसलाई बानी पर्‍यो । अब ऊ नै डाइरेक्टरलाई बोलाउन थालेकी थिई ।ऊ छिटै सफल भई । सफलताका लागि प्रतिभा र रूपमात्र भएर हुँदैन, लगन र समर्पण पनि चाहिन्छ । यो उसले राम्ररी बुझेकी छ ।

मोडलिङ फिल्डमा धेरै प्रतिस्पर्धा छ । भीजेमध्ये कति अहिलेसम्म पैसा पाउँदैनन् । उसका लागि त्यो स्थिति छैन । ऊ भर्खरै घोषित भएकी छ फिसटेल साबुनको नयाँ ब्रान्ड फेस । उसको विज्ञापन निकै हिट भएको छ । त्यसमा ऊ एउटा पुरुषसँग सहवास गरिरहेकी हुन्छे । उसको क्रन्दन निकै उत्तेजक छ ।

उनीहरू दुवै सहवासको चरम आनन्द लिन्छन् । अन्त्यमा ऊ फिसटेल साबुनमा परिणत हुन्छे । मिडियामा यसबारे निकै विवाद भएको छ । त्यसले उसलाई झनै हिट बनाएको छ । ऊ खुसी छे । एक नवनायकले त्यो विज्ञापन हेरेर आफू ‘मास्टरबेट’ गर्न बाध्य भएको अन्तर्वार्ता दिएको थियो । यस्ता विवादले उसलाई झन्झन् प्रसिद्ध बनाइरहेका थिए ।

पहिला त उसले कोरियोग्राफर र फोटोग्राफरलाई समेत सन्तुष्टि दिनुपथ्र्यो । तिनले चाहेमा उसको क्यारियर डामाडोल पारिदिन सक्थे । कैयन्पल्ट उसले तिनीहरूसँग पनि रात बिताइदिएकी थिई ।

अब ती मोराहरूले उसलाई आँखै लगाउन सक्दैनन् । ऊ धेरै माथि पुगिसकी । तिनीहरू उसका गुलाम बन्न तयार छन् । हो, तिनीहरू अरूसँग गफ लडाउँछन्, कति रात मैले त्यसलाई सुताएको छु भनेर ।

आज उसलाई जानु छ शर्मा टेलरिङको ग्रान्ड सोमा जहाँ मिस इन्डियाको पनि सहभागिता हुनेछ । उसले टपरको भूमिका निर्वाह गर्नु छ । डाइरेक्टरले भनेको थियो, नौ बजे आइपुग्छु, तयार रहनू । दुई घण्टाअघि मात्र बाबुको फोन आएको थियो ।
‘छोरी, तिमी कहाँ आइपुग्यौ ?’ फेरि बाबुले फोन गर्‍यो ।

‘बा, म आउँदैछु, नौबीसेमा कसले हो बन्द गरेका छन्, ढिलो होलाजस्तो छ,’ उसले सरासर ढाँटी । ‘छोरी, छिटै आऊ, आमा तिमीलाई नै पर्खिरहेकी छ’, बाबुचाहिँ फोनमै रुन थाल्यो ।‘बा, म आउँदैछु, बेलुकी ढिलो भयो भने भाइलाई लिन पठाउनू,’ फेरि उसले ढाँटी ।

आमालाई सम्झेर एक छिन ऊ भावुक भई । आमा कति माया गर्थिन् उसलाई † आज तिनै मृत्युशैयामा छिन् र तिनलाई भेट्न जानसमेत फुर्सद छैन उसलाई । आमाले कुनै दिन उसलाई भनेकी थिइन्, मेरी छोरी रानी हुन्छे । अब साँच्चिकै ऊ मोडलिङ क्षेत्रकी रानी भइसकी र आमा, बाबु, गाउँ, डाँडापाखा, भाइ, गाउँले सबै उसलाई ‘बेकार’ भइसके ।

उसकी मायालु आमा मृत्युसँग लड्दैछिन् तर ऊ यहाँ मस्तीको जीवन बिताइरहेकी छ । आफूले ठूलै पाप गरेझैँ एक्कासि उसलाई औडाह भयो । आफ्नै जीवन धिक्कार लाग्यो । उडेर आमाकहाँ पुगूँजस्तो लाग्यो ।

यो कुरा डाइरेक्टरलाई भन्न सक्दिन । अर्कोतिर, अब ऊ यति ठूलो अवसर पनि गुमाउन चाहन्न । हरे, उसकी प्यारी आमा उसैलाई हेर्न अन्तिम सास रोकेर मृत्युलाई धकेलिरहेकी छन् ।

जे त पर्ला, उसले आजको सोबाट भाग्ने निर्णय गरी र गाउँ जाने तयारी गर्न थाली । त्यसका लागि डाइरेक्टर आउनुअघि निस्कनु जरुरी थियो । डाइरेक्टरलाई थाहा दिए उम्किन पाइन्न, पक्का छ ।

तल गाडीको हर्न बज्यो । एहे, डाइरेक्टर डाँका मुन्टिसकेछ । नौ बजे आउँछु भन्थ्यो, सवा आठै बजे अन्मरिएछ । कसैको नभएको कार † त्यसका बाउको ठाँडो, कति हर्न बजाएर मरेको ? लौ, सोझै ड्रइङ रूममा छिर्‍यो ।

उसले जबर्जस्ती आँसु पुछी । हाँसेर डाइरेक्टरलाई स्वागत गरी । डाइरेक्टरले उसलाई अँगालो हाल्यो । चुम्बन गर्‍यो । उसले धकेलिदिई ।

‘छिटो गर, हामी सवा नौ बजे त्यहाँ पुग्नुपर्छ ।’

‘हजुर नौ बजे आउँछु भनिस्या हैन ?’

‘कमन डार्लिङ, यो स्लो मेनको जमाना होइन । जमाना रकेट युगमा छ, तिमी रिक्सा युगमै छ्यौ ।’
फेरि उसको मोबाइलको घन्टी बज्यो । भाइ रहेछ । भाइले अशुभ समाचार सुनायो । ऊ फोनमै भक्कानिएर रुन थाली । डाइरेक्टर अवाक् भयो । मोबाइल अन नै थियो ।

‘के भयो ? किन रुवावासी ?’ डाइरेक्टर क्रूर आवाजमा कड्कियो ।

‘आमाको…. आमाको डेथ भएछ’, रुँदै उसले भनी ।

‘ओह्, आई एम एक्सट्रिमली सरी ।………. भइहाल्यो, ल ढिलो नगर ।’

‘अब म घर जानुपर्छ ।’

‘डन्ट बी सिली माई डियर । तिमीले हाम्रो सम्झौतामा साइन गरिसकेकी छ्यौ । हाम्रो स्वीकृतिबिना तिमी कहीँ जान पाउँदिनौ । फेरि आजको यति ठूलो सो, जहाँ तिमी टपर छ्यौ, कसरी छाड्न सक्छ्र्यौ ? तिमी आफ्नै क्यारियर डुबाउन चाहन्नौ होला नि ?’
‘त्यसो भए आमा मर्दा पनि म घर नजाऊँ ?’

‘मलाई साँच्चीकै दु:ख लागेको छ, यस्तो बेला पनि तिमीलाई मैले नलगी हुँदैन । दसौँ लाखको बिजनेसको सवाल छ । आइ एम सरी फर द्याट । बट राइट नाऊ, यु मस्ट गो टु द सो ।’

डाइरेक्टरको कुरा सुनेर ऊ स्तब्ध भई । कति क्रूर र संवेदनाहीन छ साला धुन्नकारी ! आमाको मृत्यु हुँदा समेत कामुक भद्रभलाद्मीसामु कम्मर भाँच्दै, तिघ्रा झल्काउँदै उसले क्वाटवाक गर्नुपर्ने भयो ।ऊ फेरि घोप्टो परेर रुन थाली । डाइरेक्टरले उसको पाखुरा समायो । सम्झौताका बुँदाहरू सुनाउन थाल्यो । कुनै दिन उसले नपढी त्यसमा सही गरिदिएकी थिई । त्यसअनुसार साच्चीकै ऊ बन्धित थिई ।

‘हाम्रो कल्चरमा छोरी नभई आमाको लास उठाउन मिल्दैन’, उसले भनी । ‘ड्याम द ब्लडी कल्चर । तिमी हाम्रो कम्पनीलाई यसरी बदनाम गर्न पाउँदिनौ जसले तिमीलाई यहाँसम्म पुर्‍यायो,’ डाइरेक्टर पनि अलि उत्तेजनामै बोल्यो ।

फेरि भाइले फोन गरेको थियो । भाइसँग एक छिन दगावाद पर्‍यो । भाइले उसलाई बेस्सरी हकार्‍यो । उसले पनि हकार्दै भनी, ‘म आउँदैमा मरेकी आमा बाँच्छिन् ? कि बाँच्छिन् ? बाँच्छिन् भने जसरी भए नि आउँला ? नत्र म आएर के हुन्छ ?’ ‘सरी डियर । तिमीलाई चोट परेका बेला उत्तेजनामा केके बोलेँ ! तर, म बाध्य छु । ढिलो नगर ।’

उसले मोबाइलको स्वीच अफ गरिदिई । आँसु पुछी । डाइरेक्टरलाई हेरेर रुन्चे हाँसो हाँसी । डाइरेक्टरले सान्त्वना दिँदै भन्यो, डन्ट वरी ।ऊ डाइरेक्टरको पछि लागी । रोकिनसक्नु हिक्का छाड्दै कारमा बसिसकेपछि उसले सोची, ‘आमाको मृत्युको वेदना हृदयभरि बोकेर अब कसरी र्‍याम्पमा क्याटवाक गरूँ ?’

Comments

Popular posts from this blog

८८ किलो सुनको मालिका माओवादीका प्रभावशाली मन्त्री ! गृहमन्त्री र आईजीपी मौन